महिलाद्वारा एक पत्रकारमाथि एसिड आक्रमण



प्रकाशित मिति : Oct 23, 2018

पर्सा । एक पत्रकारमाथि एसिड आक्रमण भएको छ । बाईपास दैनिकका प्रकाशक एवं प्रवन्धमाथि एसिड आक्रमण भएको हो ।

बाईपास दैनिकका प्रकाशक एवं प्रवन्ध निर्देशक धिरज दारुकाले काम गरेको बाईपास दैनिक वीरगञ्जबाट प्रकाशित हुँदै आएको छ । दारुकालाई आफ्नै घरसँग जोडिएको छाप्रोमा बस्दै आएकी मनिता सिंहले एसिड आक्रमण गरेकी छिन्। एसिड आक्रमण गर्ने मनितालाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार दारुका अनुसार उनीमाथि सामान्य विवादका कारण मनिताले एसिडले आक्रमण गरेकी छन् ।

एसिड दारुकाको खुट्टामा लागेको छ । उनको खुट्टामा सामान्य असर गरेको बताइएको छ । आक्रमण गर्ने मनितालाई पक्राउ गरेका छन् । उनीमाथि कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाए ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com