घटस्थापनादेखि एकादशीसम्म २१६ सवारी दुर्घटना, ३८ को मृत्यु (भिडियो)



प्रकाशित मिति : Oct 23, 2018

दसैंको उमङ्ग बोकेर कार्यथलोबाट जन्मथलो हिँडेका धेरै सडक दुर्घटनामा परे । घटस्थापनादेखि एकादशीसम्म भएका २ सय १६ दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाए । ६१ जना गम्भीर घाइते छन् भने एक सयभन्दा बढी सामान्य घाइते भए । दुर्घटनामा परी मृत्यु एवम् घाइते हुनेमा दसैंको किनमेल गर्न बजार हिँडेकादेखि सहरबाट दसैं मान्न गाउँ फर्कनेहरु छन् । मृत्यु भएका परिवारको दसैं शोकमा वित्यो भने घाइतेले अस्पतालको शैय्या छट्पटाउँदै दसैं अवधि विताए ।

यिनी सूर्यबहादुर तामाङ । नुवाकोट खरानीटारका सूर्यबहादुर असोज २४ गते दसैंका लागि घर झिलिमिली बनाउन विजुलीको सामान किन्न स्थानीय बटार बजार हिँडेका थिए । तर, बजार नपुग्दै उनी दुर्घटनामा परे । सवारी दुर्घटनामा परी उनको मेरुदण्ड र घाँटीमा गम्भीर चोट लागेको छ । उनको अहिले काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com