यौन दुर्ब्यवहारको आरोपपछि भारतीय संगीतकार अनु मलिकले इन्डियन आईडलको ‘जज’बाट दिए राजीनामा



प्रकाशित मिति : Oct 22, 2018
  • रुपा  घिमिरे

काठमाडाैं । भारतीय संगीतकार एवं गायक अनु मलिक पनि सामाजिक सञ्जालको अभियान ‘मि–टु’ को शिकार भएका छन् ।
यौन दुर्ब्यवहार गरेको विषय ‘मि–टु’ मार्फत सार्वजनिक भएपछि मलिकले लोकप्रिय कार्यक्रम इन्डियन आईडलको ‘जज’बाट राजिनामा दिएका हुन् ।

मलिकविरुद्ध सोना महापत्रा र स्वेता पण्डितले यौन दुर्ब्यवहार गरेको आरोप लगाएका थिए ।श्वेता पण्डित गायिका हुन् । श्वेताको आरोप छ, उनलाई नाबालिग उमेरमा अनु मलिकले यौन उत्पीडन गरे ।  श्वेता १५ बर्षको हुँदा नै राम्रो गीत गाउँथिन एक दिन जव अनु मलिकले उनको आवाज जाँच गर्न बोलाए तव उनले गीत सुनाउन लगाए र ‘आवारा पागल दीवाना’फिल्ममा शान र सुनिधीसँग गीत गाउने अवशर दिने तर त्यसको लागि आफ्नो गालामा चुम्बन गर्नुपर्ने शर्त राखेका थिए ।

आफुले अंकल सम्बोधन गर्दै आएको स्थापीत ब्यक्तीको उक्त हर्कत आज सम्म कसैसामु नखोलेको तर जब ‘मि टु’ अभियानले बलिउड प्रवेश गर्‍यो, तब आफुले मुख खोलेको श्वेताको भनाई छ ।त्यसबेला अनु मलिकले काम दिने सर्तमा चुम्बन गर्न मागेका थिए ।

कार्यक्रम सञ्चालन गर्ने च्यानल सोनीले मलिक इन्डियन आईडलको ‘जज’बाट राजिनामा दिएकाे जनाएको छ । यसअघि, यौन दुर्ब्यवहारको आरोप लागेपछि भारतका केन्द्रीय मन्त्री एमके अकबरले राजीनामा दिएका थिए । त्यस्तै, कैयौं कलाकार, पत्रकार, लेखक र राजनीतिक नेतृत्वलाई ‘मि–टु’मार्फत यौन दुर्ब्यवहारको आरोप लगाइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com