१ कार्तिक २०७५, बिहीबार

जुम्ला, १ कात्तिक । आज दशैँको ९ औं दिन दुर्गा भवानी पुजा आर्जना गरि दुर्गा भवानीको बिर्सजन गरिन्छ भने अष्टमीको दिन प्राया मन्दिर बोका, राँगा कट्ने प्रचलन रहेको छ । तर खस सब्यताको जननीको रुपमा जुम्लाको सिंजामा रहेको कनकासुन्दरीमा भने आज बिषेश पुजा आरधना गरि रागाँ बोका काट्ने प्रचलन रहेको छ ।

नेपाली भाषा र संकुतिको उद्गम स्थलको रुपमा रहेको जुम्लाको सिंजा कनकासुन्दरी मन्दिरमा आज बिषेश पुजा आरधाना गरि राँगा बोका काट्ने प्र्रचलनले पनि एक बिषेश महत्व बोकेको छ ।

खस सब्यताको सुरुवातीसँगै यस स्थापना भएको कानकासुन्दरी मन्दिरमा दशैँको नवमीमा र चैते दशैमा पनि यस स्थानमा मेला लाग्ने गर्दछ । तर दशैमा भने यस क्षेत्रमा ठूलो मेलासँगै हजारौ श्रद्धालु तथा भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । कनकासुन्दरी मन्दिरमा खस राजाहरुको पाला देखिनै ठुलो मेला लाग्ने गरेको इतिहास रहेको छ ।

यो वर्ष कनकासुन्दरी मन्दिरमा २१० भन्दा बढी बोका र २२ भन्दा बढी राँगा काटिएको छ । भने यस मन्दिरमा बडा दशैमा र चते दशैमा सिंजा क्षेत्रका मानिसहरुले आफ्नो घरबाट एकल र सामुहिक रुपमा पञ्च बली हाल्ने प्रचल रहेको छ । पञ्च बलीमा बोका, राँगा, परेवा, माँछो, पाडोलाई बली दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV