१ कार्तिक २०७५, बिहीबार

झापा, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको आशा र भरोसालाई नतोड्ने बताएक छन् । जनताले गरेको विश्वासलाई आफूले घात गर्न नसक्ने भन्दै कांग्रेसले सरकारलाई असफल बनाउन नकारात्मक टिकाटिप्पणी गरिरहेको आरोप पनि लागाए ।

झापाको बिर्तामोडमा बिहीबार नेकपा झापाले आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले गरेको विश्वासलाई तलमाथी पर्न नदिने भन्दै देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउनु आफु कटिबद्ध रहेको जिकिर गरे ।

अहिलेको सरकार धेरै संघर्षपछि आएको बलियो सरकार भएकाले उनले जनप्रतिनिधिहरुलाई समेत डटेर कुनैपनि ठाँउमा नचुकी कार्य सम्पादन गर्न निर्देशन समेत दिए ।

प्रधानमन्त्री ओलीले देश आर्थिक हिसाबले विपन्न भएकाले कृषि, पर्यटन, उद्योग तथा सम्भावनाका अन्य माध्यमबाट देशलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउन समय लाग्ने भन्दै सबैलाई सहयोगको लागि अनुरोध समेत गरे ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले भारत र नेपालको समान हैसियत राख्ने काम आफ्नो सरकारले गरेको समेत बताए । आफ्नो सरकारले भारतसँग शीर ठाडो पारेर आफ्ना कुरा राख्नसक्ने वातावरण बनाएको प्रधानमन्त्री ओलीको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV