१ कार्तिक २०७५, बिहीबार

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशका  पूर्व मुख्यमन्त्री एनडी तिवारीको निधन भएको छ । उनको निधन ९३ वर्षको उमेरमा जन्म दिनका दिन भएको हो ।

तिवारी लामो समय देखि दिल्लीको मैक्स अस्पतालमा थिए । भारतीय मिडियाका आनुसार उनी ब्रेन स्ट्रोको कारण २०१७ देखि उक्त अस्पतालमा भर्ना भएका थिए । उनको किडनीले काम गर्न छाडिसकेको थियो । उत्तराखण्डाको मुख्यमन्त्री त्रिवेंद्र सिंह रातले एनडी तिवारीको निधनमा शोक व्यक्त गरेका छन् । उत्तरखण्ड र उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री पण्डित नारायण दत तिवारीको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै ईश्वरले उनका आत्मालाई शान्ति दिओस भनि उनले ट्वीट मार्फत भनेका छन् ।

तिवारीले उत्तर प्रदेश र उत्तरखण्डाको मुख्यमन्त्री भएर काम गरेका थिए । त्यसै गरि उनी कांग्रेसका कयौ सरकारमा केन्द्रिय मन्त्री भए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV