१ कार्तिक २०७५, बिहीबार

काठमाडौं, १ कात्तिक । पछिल्लो समय बलिउडमा ‘#Me Too’ क्याम्पेनको चर्चा चुलिएको छ । यसै विषयमा बलिउडका अर्का कलाकार दलीप ताहिलले आफ्नो बेग्लै मनसाय व्यक्त गरेका छन् । रेप सिनको चर्चा चलिरहँदा दलीप ताहिलले एक कदम अगाडि बढ्दै नयाँ उपाय अपनाएका छन् ।

भर्खरै मात्र दलीपले आफ्नो आगामी फिल्मको लागि एक रेप सिनको सुट गरेका छन् । तर उनले रेप सिनको सुट गर्दा निकै सावधानी अपनाएका छन् । यसरी सावधानी पूर्वक रेप सिनको सुट गरिसकेपछि दलीपले आफ्नो को एक्टरको साथमा एक भिडियो पनि बनाएका छन् ।

भारतीय एक सञ्चार माध्यमसँग कुराकानी गर्ने क्रममा कलाकार दलीप पनि ‘मि टु’ मुभमेन्ट जुन प्रकारले भाइरल बनिरहको छ, यसबाट उनी आफै पनि त्रसित थिए । किन भने उनले रेप सिनको सुट गर्नु थियो ।

भर्खरै मात्र दलीपले सुधीर मिश्रको वेव सिरिजान रेप सिनको सुट गरेका हुन् । यो सिनको लागि दलीप कन्फिडेन्ट थिए । दलीपका अनुसार यस्तो सिन गर्नुपूर्व उनको को एक्टरलाई निर्देशकले पूर्ण रुपमा बुझानु उपर्युक्त हुन्छ । यसका साथै यस्तो सिनको गर्नुपूर्व कलाकार निर्देशक सबै एकै ठाउँ बसेर सल्लाह गरेर मात्र सुट गर्दा राम्रो हुने कलाकार दलीपको भनाई छ । यसका साथै यस्तो सिन गर्नु पूर्व र पछिको भिडियोहरु पनि रिकर्ड गरिएमा राम्रो हुने उनको भनाई छ ।

कलाकार दलीपका अनुसार फिल्मको लागि कुुनै पनि कलाकारहरुलाई प्रत्येकम सिनको जानकारी हुनु जरुरी रहेको छ । उनले भने, ‘अहिले समय परिवर्तन भइसकेको छ । रेप सिनमा पनि कुनै न कुनै प्रकारको कोरियोग्राफी हुन्छ, जहाँ कुनै पनि कलाकारहरुलाई इन्ज्योरी हुनुहुदैन । यस्तो अवस्थामा भिडियो रेकर्ड गरेर राख्नु पर्छ । यसो गर्नाले सन्तुष्ट भइन्छ । साथै राम्रो रेस्पोन्स पनि मिल्नेछ ।’

कलाकार दलीपले अहिले चलिरहेको ‘मि टु’ निकै सकारात्मक तरिका भएको महशुस गरिरहेका छन् । उनले भने, ‘हामीले मन्दिरको नजिकै काम गरिरहेका हुन्छौं भने आप्पतीजनक घटना हुनुहुदैन । महिलाहरुलाई पुरै सम्मानका साथ काम गर्ने हक छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV