१ कार्तिक २०७५, बिहीबार

काठमाडौं । दशैं मनाउन धेरै नेपालीआ–आफ्नो थातथलो जान्छन् । परिवारसँग खुसी, उमंग साटासाट गरेर दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लाउँछन् । तर, सबैलाई यो अबसर प्राप्त हुँदैन । सुरक्षा सम्वद्ध कर्मचारी, स्वास्थ्य र सञ्चारकर्मीसँगै कलाकार पनि कामको व्यस्तताले परिवारसँग दशैं मनाउन पाउँदैनन् ।

दशैं–पारिवारिक मिलनको संगमहो । उत्साह, उमंग र हर्षोल्लासको पर्व दशैंले भने राष्ट्रसेवक कर्मचारीसँगै कला जगतका हस्ती पनि यो पर्वबाट टाढै रहने गरेका छन् । फिल्म निर्माण, सुटिङको व्यस्तता बाधक बन्दा थुप्रै कलाकार यो दशैं खल्लो हुने महसुस गर्न थालेका छन् । सुटिङ बाहेक अन्य कलाकारलाई पनि यो दशैं परिवारसँग मनाउन भने नजुरेको बताउँने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV