१ कार्तिक २०७५, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हुन्छ । तर त्यसरी सटही गरिएका नोटहरु एक वर्षमै पुराना हुने भएकाले नोट व्यवस्थापनमा चुनौती बढदै गएको राष्ट्र बैंकको भनाइ छ । त्यसैलाई मध्यनजर गरेर राष्ट्रबैंकले आगामी आर्थिक वर्षदेखि नयाँ नोट सटहीको आवश्यक व्यवस्थापन गर्न गृहकार्य थालेको छ ।

नेपाल राष्ट्रबैंकले नयाँ नोटको सटही दशैंमा मात्र नभई आवश्यकता अनुरुप वर्ष भरी नै बजारमा पठाउने गृहकार्य थालेको जनाएको छ । अहिलेपनि बैंकतथा वित्तिय संस्थाहरुमा ५ देखि एकसय सम्मका सुकिला नोटहरु पर्याप्त भएपनि हरेक वर्ष नयाँ नोट साटने प्रचलनका कारण यस्ता नोटको व्यवस्थापनमा समस्या भएको राष्ट्र बैंकको भनाइ छ ।

जसले गर्दा एक वर्षमै सबै नयाँ नोटहरु मैलो पर्ने गुणस्तर खस्किदै जाने भएकाले आगामि वर्ष देखि सुकिला र नयाँ नोटहरु मिलाएर आधा आधा दिने व्यवस्था गर्ने योजना बनाएको छ । हरेक वर्ष नयाँ नोट छाप्नाले राष्ट्रबैंकलाई ४० करोड व्ययाभार पर्ने गरेको छ । यस्तो व्ययाभार घटाउन र बजारमा सुकिला नोटहरुको व्यवस्थापन गर्न यस्तो योजना बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV