१ कार्तिक २०७५, बिहीबार

चिली र मेक्सिकोबीच भएको मैत्रीपूर्ण खेलमा चिली विजयी भएको छ । मेक्सिकोस्थित इस्टाडियो कोरेगिडोरा रंगशालामा गएराति भएको खेलमा चिली १ -० गोल अन्तरले विजयी भएको हो । निकै आक्रामक देखिएको चिलीले मेक्सिकोलाई खेलको अन्तिम समयमा गोल गर्दै मेक्सिकोलाई उस्कै मैदानमा हराएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी भएपनि दोश्रो हाफमा चिलीले शान्दार प्रदर्शन गरेको थियो । खेलको ८८ औं मिनेटमा चिलीले डिबक्सबाट हानेको बललाई मेक्सिकोका गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा निकोलस कास्टिलोले पुनः प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV