१ कार्तिक २०७५, बिहीबार

काठमाडाैँ । नेपालीहरुकाे मुख्य चाड विजयादशमीकाे अवसरमा बुधबार महाअष्टमी देशैभरि धुमधामले मनाइएकाे छ । यसै क्रममा राष्ट्र प्रमुखका हैसियतले परम्परादेखि विधिपूर्वक शक्तिपीठहरुकाे दर्शन एवं पूजाअाजा गर्ने परम्परालार्इ राष्ट्रपति विद्यादेवी भण्डारीले पनि निरन्तरा दिनुभयाे । पहिले राजामहाराजाहरुले गर्ने ती सबै कार्य हाल राष्ट्रपतिद्वारा गरिँदै अाएकाे छ ।

बुधबार महाअष्टमीका दिन  राष्ट्रपति भण्डारीले काभ्रेकाे पलानचाेक भगवतीलगायत काठमाडौँ  उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजा-अर्चना गर्नुभयो । कम्युनिष्ट पृष्ठभूमिबाट अाएर धर्मनिरपेक्ष राष्ट्रकाे राष्ट्रपति हुनुभएकाे भण्डारीकाे पूजा-अर्चनाका लागि गरिएकाे यस प्रकारकाे दाैडधूपकाे अलाेचना समेत भइरहेकाे छ ।

राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्नुभएकाे हाे । उहाँले सम्बन्धित मन्दिरका पूजारीबाट फूलप्रसाद एवम् टीका ग्रहण गर्नुभयो ।

महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ ।

यहाँ केही तस्वीर साभार गरिएकाे छ-

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार काभ्रेकाे पाँचखाल नगरपालिका–९ मा अवस्थित पलाञ्चोक भगवती मन्दिरमा पूजा–अर्चनाका क्रममा दिप प्रज्वलन गर्दै ।

 

विभिन्न शक्तिपीठहरुको दर्शनका क्रममा महाष्टमीका दिन मैतीदेवी मन्दिरको दर्शन एवं पूजा-अर्चनामा राष्ट्रपति ।

 

विभिन्न शक्तिपीठहरुको दर्शनका क्रममा महाष्टमीका दिन बुधबार नक्साल भगवतीको दर्शन गर्दै राष्ट्रपति ।

 

महाष्टमीका दिन बुधबार मैतीदेवी मन्दिरको दर्शनपश्चात् पूजारीसँग टीका ग्रहण गर्दै राष्ट्रपति ।

 

विभिन्न शक्तिपीठहरुको दर्शनका क्रममा महाष्टमीका दिन भद्रकाली मन्दिरको दर्शनमा राष्ट्रपति

 

विभिन्न शक्तिपीठहरुको दर्शनका क्रममा महाष्टमीका दिन भद्रकाली मन्दिरको दर्शनमा राष्ट्रपति

तस्वीर : रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV