३१ आश्विन २०७५, बुधबार

संघीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला अण्डा र कुखुराको मासु उत्पादनमा आत्मनिर्भर बनेको छ । वार्षिक ९ हजार ६ सय मेट्रिकटन कुखुराको मासु उत्पादन गर्ने काभ्रेमा करिव १ हजार कुखुरा फर्म रहेको छ । काभ्रेमा उत्पादन हुने कुखुराको मासु र अण्डाको बजार काठमाडौं बन्न भने सकेको छैन ।

राजधानी काठमाडौंमा आवश्यक मासु तथा अण्डा अन्यत्रबाट आयात हुने भएपछि प्रतिष्पर्धा बढ्दोछ । त्यसैले पनि काभ्रेको बजार सिन्धुपाल्चोक, रामेछाप रहँदै आएको छ । वार्षिक १ करोड ५० लाखको हाराहारीमा अण्डा उत्पादन गर्ने काभ्रेले ९ हजार ६ सय मेट्रिकटन भन्दा बढी मासु उत्पादन गर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV