३१ आश्विन २०७५, बुधबार

काठमाडौं । दशैंमा मासुसहित चिल्लो पदार्थ खाँदा र मदिरा पिउँदा धेरैको स्वास्थ्य बिग्रिन्छ । चिकित्सकका अनुसार दशैंका बेला खानपिनमा ध्यान नदिँदा स्वस्थ मानिस पनि अस्पताल पुग्छन् । त्यसैले खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।

दशैंका बेला उच्च रक्तचाप, मुटुरोग, मधुमेह र पेटजन्य समस्याका बिरामीको संख्या ह्वात्तै बढ्छ । अस्वास्थ्यकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखाला, आउँ, पेट दुख्ने र फुल्ने समस्या पनि हुन्छ ।

दशैंका बेला एकै पटकमा धेरै मासु खाने प्रबृत्ति छ । जुन स्वास्थ्यका लागि राम्रो होइन । चिकित्सकका अनुसार एक छाकमा तीन–चार टुक्रा मात्रै मासु खानुपर्छ । यस्तै, कोक, फेन्टा र अन्य जुसभन्दा सफा पानी र हरियो तरकारीलाई पनि प्राथमिकता दिनुपर्छ । मासुको मात्र भर पर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV