३१ आश्विन २०७५, बुधबार

एजेन्सी । पाकिस्तानमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाको  दोषीलाई फाँसी दिइएको छ।

बालिका जैनब अन्सारी बलात्कारपछि हत्या गरी फोहोरको थुप्रोमा फेला परेको थियो। घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई लहोरस्थित एउटा जेलमा फाँसी दिइएको प्रहरीले जनाएको छ।

बलात्कारपछि हत्या गरिएको घटानाले पाकिस्तानमा व्यापक आक्रोश निम्याएको थियो । देशभरि घटनाको विरोधमा प्रदर्शनहरू भएका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV