३१ आश्विन २०७५, बुधबार

काठमाडौं । दसैं अन्तर्गत महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठको दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा र नरदेवी मन्दिर पुग्नुभई दर्शन र टीका–प्रसाद ग्रहण गर्नुभएको हो ।

असअघि विहान काभ्रेको पलाञ्चोक भगवती मन्दिर पुग्नुभएकी राष्ट्रपति भण्डारीले त्यहाँ पन्ध्र करिब मिनेट पूजा–अर्चना गर्नुभएको थियो । राष्ट्रपति भण्डारी समक्ष मन्दिर व्यवस्थापन समितिले मन्दिर संरक्षणका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

हरेक दसैंमा राष्ट्राध्यक्षले विभिन्न शक्तिपीठको दर्शन र पूजा–अर्चना गर्ने परम्परा छ । यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा र नरदेवी मन्दिर पुगी दर्शन र पूजा–अर्चना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV