३१ आश्विन २०७५, बुधबार

नयाँ दिल्ली । भारतीय विदेशराज्यमन्त्री एमजे अकबर राजीनामा दिएका छन् । यौन शोषण आरोपपछि  भारतीय विदेशराज्यमन्त्री अकबरले पदबाट राजीनामा दिएका हुन् ।

अकबरलाई एक सातादेखि राजीनामाको दबाव थियो । उनीमाथि महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । अकबरलाई २० महिला पत्रकारले ‘मी टुु अभियानमार्फत् आरोप लगाएको भारतिय सञ्चारमाध्यमहरुले जनाएको छ । राजीनामा दिने क्रममा उनी न्यायका लागि अदालत जाने बताएका छन् ।

आफूमाथि लागेको झुठो आरोपविरूद्ध लड्ने अकबरले बताए । उनले भारत सरकारमा रहेर सेवा गर्न दिएकोमा भारतीय प्रधानमन्त्री मोदिलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV