दशैँमा प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाइदिने (तालिका सहित)



प्रकाशित मिति : Oct 17, 2018

काठमाडौं । दशैँमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

यो भन्दा अघिका दशैँमा राष्ट्रपति र पूर्वराजाले टीका लगाइदिने गर्थे तर यो पटक भने प्रधानमन्त्रीले पनि टीका लागाइदिने भएका छन्। दशैँका टीकाको दिन प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीबाट बिहान १० बजे टीका ग्रहन गरेपछि आफ्नो सचिवालयका कर्मचारीलाई टीका लगाइदिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री दिउँसो १ बजे राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम रहेको छ भने उनले मन्त्री, सांसद, पार्टीका नेता, लगायतलाई दिउँसो २ बजे टीका लगाइदिने भएको छ । प्रधानमन्त्रीले पार्टीका कार्यकर्ता र सर्वसाधारणलाई दिउँसो साढे ३ बजेपछि टीका लगाइदिने छन् ।

प्रधानमन्त्रीको परिवारका सदस्यहरुलाई भने प्रधानमन्त्रीले साँझ ६ बजेपछि टीका लगाइदिने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले एकादशीदेखि चतुर्दशी अर्थात कार्तिक ६ गतेसम्म बिहान ९ देखि ११ बजेसम्म पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई टीका लगाइदिने छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com