३१ आश्विन २०७५, बुधबार
  • हरिकृष्ण गौतम,

म्याग्दी, ३१ असोज । हिमाली जिल्लाबाट गतवर्षभन्दा यस वर्ष धेरै भेडाच्याङ्ग्रा निकासी भएका छन् । दशैंतिहारका लागि २६ हजार भेडा च्याङ्ग्रा निकाशी भएका हुन् । पर्याप्त चरण, बजार मूल्य बढेका कारण यसवर्ष हिमाली जिल्लाबाट धेरैको संख्यामा भेडाच्याङ्ग्रा निकासी भएको देखिएको छ ।

मुस्ताङका साथै डोल्पा, मुगु, जुम्ला र तिव्बतका विभिन्नस्थानबाट भेडाच्याङ्ग्रा विक्रि हुने गरेको छ । घाँसा प्रहरी चौकी मुस्ताङका प्रहरी सहायक निरीक्षक गोपाल खत्रीले १६ हजार ४ सय च्याङग्रा र १० हजार ४५ भेडा विक्रि भएको जानकारी दिनुभयो ।

गतबर्ष २२ हजार भेडाच्याङ्ग्रा निकासी भएको थियो । २२ देखि ३० हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्याङग्रालाई व्यापारीले किसानबाट १७ हजार देखि २४ हजार रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन् ।

गत बर्षहरुमा भन्दा यस बर्ष स्थानीय सरकारलाई समेत कर तिर्नुपर्ने भएकाले महँगी बढेको बताइएको छ । उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ,घमी,सुर्खाङ,छोन्हुप र छोसेरका भेडापालक कृषकको गोठबाटै व्यापारीले खरिद गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV