३१ आश्विन २०७५, बुधबार
  • भगिश्वर लिम्बु,

तेह्रथुम, ३१ असोज । यसपटकको दशैंमा तेह्रथुममा सुनचाँदी कारोवारमा वृद्धि भएको छ । जिल्ला भित्रका अधिकांश पसलमा गहना किनमेल गर्नेहरुको भीडभाड वढेको हो । दशैंमा जिल्लाको वसन्तपुर, म्याङलुङ, जिरिखिम्ती, शुक्रवारे, संक्रान्ति लगायतका ग्रामीण बजारमा समेत गहना किन्न आउने ग्राहकहरु वढिरहेका छन ।

गत वर्ष भन्दा यस वर्ष जिल्ला भित्रैका बजारमा किनमेल गर्नेको चाप बढेको सुनचाँदी व्यवसायी समाजका अध्यक्ष रमेश विकले बताउनुभयो । दशैंको मुखमा गहना किन्न आउने ग्राहकको संख्या अध्याधिक वढेकाले मागे जति समान पु¥याउन नसकिएको कालीगढहरु बताउँछन् ।

एक हप्ता यता पहिलेको तुलनामा ९० प्रतिशत वढीले सुनचाँदीको कारोवार भएको व्यापारीहरुले वताएका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV