३१ आश्विन २०७५, बुधबार

काठमाडौं, ३१ असोज । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्नो मन्त्रिपरिषदमा आधा पद महिलालाई दिएका छन् । मन्त्रीको संख्यासमेत कटौती गरेर महिलालाई प्राथमिकताका साथ आधा हिस्सा उपलब्ध गराएका हुन् ।

महिला कम भ्रष्ट हुने र देशमा शान्ति र स्थिरता ल्याउन सहयोग पुग्ने विश्वासका साथ उनले मन्त्रिपरिषद्को आधा सदस्य महिला नियुक्त गरेका हुन् । २० सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयमा महिलालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयका साथै संघीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी पनि महिलालाई दिइएको छ ।

यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए, जसमा पाँच जना मात्र महिला थिए । तर, प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रियासँगको दुई दशकदेखि जारी द्वन्द्वलाई समाप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV