३१ आश्विन २०७५, बुधबार

३१ असोज । हिन्दु नेपालीहरुको वर्व दसैं घर आँगनमा आईसकेको छ । वषौंदेखि घर बाहिर रहेका घरका सदस्यहरु घर पर्किएका छन् । वर्ष भरीका सुद दुःखका अनुभव घर परिवारका सदस्य एकै ठाउँमा जम्मा भई एक आपसमा साटासाट गर्दै रातो टिका अनि पहँेलो जमरा निधारमा टलक्क टल्काउदै ठुला ब्यक्तिले सानालाई दीर्घायुको कामना गर्दछन् ।

नयाँ नयाँ लुगासँग चट्ट सजिएर समाज गाउँघरमा सबैसँग भेटघाट हुने यस पर्वमा वर्षौदेखि टाडिएका साथीभाईहरु एक आपसमा सजिएर एक आपसमा सुभकामना आदान प्रदान गरिरहेका छन् । त्यतिमात्र कहाँ हो र ? गाउँ घरमा अलिकति बिहान बेलुका खानलाई र एक सरो लुगा फेर्न सक्नेहरुले त दशैको अघिल्लो दिन अष्टमीको दिन नै घरको आँगनमा सिंगै खसी बाँधिरहेका छन् । साथै जिल्लाका विभिन्न ठाउँमा दसैैको अवसर पारेर विभिन्न कार्यक्रम समेत आयोजना गरेका छन् ।

बझाङ जिल्लाको सुन्दर सदरमुकाम चैनपुर हेर्दा निकै नै चट्ट परेको छ । दुई तिरबाट सेति नदी र ए तिरबाट बाहुली खोलाले घेरिएको उक्त बजार झट्ट हेर्दा कुनै टापु जस्तै देखिन्छ । तर त्यो सुन्दर देखिने चैनपुर बजारमा एउटा दुख संगै जिबन बिताउने समुदाय पनी छ, बादी समुदाय ।

जिल्लाको सदरमुकाम चैनपुरमा बसोबास गर्ने बादी समुदायलाई भने दसैं तिहारले खासै छुन सकेको छैन । सदरमुकाममै बसोबास गरिरहेका बादी समुदायको यो दसैं मात्र होइन, वर्षैपिच्छे आउने हरेक दसैं आँसुसँगै मनाउँछन् । अहिले चैनपुरमा १५ परिवार बसोबास गर्दै आएका छन् ।

“घरको छानो प्लाष्टिकको पालले छाइएको छ, अनि खुट्टामा लाउनलाई एक जोर चप्पल छैन हजुर कसरी दसैं मनाउ !’ रमेश बादीले भने, ‘सबैले दसैं आयो भन्दै घर घरमा खसी बाँधे हजुर ! हाम्रो घरमा खानलाई चामल छैन । कसरी दसैं मनाउनु हजुर ।”

त्यस्तै चैनपुरकै सारदा बादीले भनिन्, “सबैले नयाँ नयाँ लुगा किनेर लगाउलान् तर हाम्रा लागि त दसैं आए पनि नआएपनि उहि पुरानो लुगा बाहेक अर्काे किन्ने हैसियत छैन हजुर के गरम । बालबालिकाले पनि नयाँ लुगा चाहियो भन्दै सताउँछन्, तर पनि दसैै आईसक्यो । अझै पनि एकजोर लुगा किन्न सकेको छैन् । हाम्रालागि दसैं दशा हो हजुर !, हाम्रा लागि दसै नआएकै बेस ।”

१५ परिवारमा झण्डै १०० भन्दा बढी जनसंख्या छ । तर पनि अहिलेसम्म कसैले पनि माध्यामिक शिक्षा अथवा एसएलसीसमेत पास गरेका छैनन् । शिक्षा स्वास्थ्य तथा स्वरोजगारका हिसाबले निकै पछाडि परेका बादी सममुदायको लागि दसैं रमाउन भन्दा पनि रुवाउन आउँछ ।

एक दुई जनालाई केही गैरसरकारी संस्थाले सहयोग गरेपनि त्यो लामो समयसम्म टिक्न नसक्दा विद्यालय जान थालेका बालबालिकाले समेत आफ्नो पढाईलाई निरन्तरता दिन सकिरहेका छैनन् । दसैंको यो माहलमा कतै रमझम त कतै सुभकामना आदान प्रदान भइरहेको समयमा यता बादी समुदायमा भने छट्पटिइरहेका छन् ।

चुनावको बेला घर आँगनमा आएका जनप्रतिनिधिहरुले उतिबेला भएभरका सपना खन्याएर गए पनि अहिले भने आफ्नो हालत भने जस्ताको तस्तै रहेको बादीहरुको गु्नासो हरेको छ । रिदम सिंह

प्रतिक्रिया दिनुहोस्

LIVE TV