३१ आश्विन २०७५, बुधबार

चितवन, ३१ असोज । चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिएको छ । पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले ठक्कर दिएको हो ।

यसरी ट्याङ्करले भ्यानलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार भ्यानमा दशैं मनाउन हिँडेका परिवार सवार थिए । तर अहिले उनीहरूको परिचय खुलाइएको छैन ।

चितवनका प्रमुख एसपी सुशिलसिंह राठौडका अनुसार घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV