३१ आश्विन २०७५, बुधबार

नायक पल शाह पछिल्लो समय यूवापुस्ता माझ निकै लोकप्रिय मानिन्छन् । मोडलिङ हुदै नाइ न भन्नु ल४बाट फिल्म क्षेत्रमा प्रवेश भएका शाहको लोकप्रियता चुलिन्दो छ । यतिबेला उनी नयाँ फिल्ममा ’हृदय भरी’मा अनुबन्धित भएका छन् । फिल्म ’हृदय भरी’लाई सुरज सुब्बा नाल्बोले निर्देशन गदै छन् ।

फुलपातीको अवसर पारेर फेसबुक मार्फत निर्देशक नाल्बोले फिल्ममा पल शाहको प्रमूख भूमिका रहने बताएका छन् । मंगलबार मात्र पलसँग सम्झौता भएको कुरा पनि उल्लेख गरेका छन् । शाह प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘हृदय भरी’लाई चन्दन शाह र सौरभ बिश्वासले संयुक्त निर्माण गदै छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV