३१ आश्विन २०७५, बुधबार

गएराति भएकोे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी भएको छ ।अर्जेन्टिनालाई खेलको अन्तिम समयमा गोल गर्दै ब्राजिलले जित हात पारेको हो । नेयमार र कोटिन्हो सम्मिलित टोली मैदानमा उत्रँदा मेसी विना अर्जेन्टिना आमनेसामने भएको थियो । निकै आक्रामक प्रदर्शन गरेपनि अर्जेन्टिनी गोलरक्षकको अगाडी ब्राजिल लाचार जस्तै देखिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोश्रो हाफमा अर्जेन्टिनाले पनि आफ्नो कसरत देखाउन भने कुनै कमी राखेन । तर, खेलको निर्धारित समयपछिको इञ्ज्यूरी समयमा ब्राजिलले पाएको कर्नर किकलाई सदुपयोग गर्दै खेलमा जित हात पारेको थियो ।

खेलको ९३औं मिनेटमा कर्नरबाट नेयमारले गरेको प्रहारलाई मिरान्डाले शान्दार हेडिङ गोल गर्दै जित निकाल्न सफल भएका थिए । दुवै टोलीबीच गएराति भएको खेल चौथो मैत्रीपूर्ण खेल हो । सन् २०१७ मा यी दुवै टोली मेलबर्नमा भएको मैत्रीपूर्ण खेलमा भिडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV