३० आश्विन २०७५, मंगलवार
  • ज्योति कुमार पन्थी,

बर्दिया, ३० असोज । बर्दियाको मधुवन नगरपालिकाले आफ्ना ९ वटै वडा कार्यालयमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।

प्रत्येक वडामा स्वास्थ्य उपचारको पहुँच बढाउन नगरपालिकाले सक्रियता देखाएको हो । स्थानीय विकासलाई प्राथमिकतामा राखेको मधुवन नगरपालिकाको शहरी स्वास्थ्य केन्द्र निर्माणको अवधारणाले स्थानीय लाभान्वित बनेका छन् । नगरपालिकाको केन्द्र सानोश्रीमा रहेको स्वास्थ्य चौकीमै धाउनुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् । स्वास्थ्य केन्द्र स्थापनाको २ महिनामा मात्र ७ सय स्थानीयले सेवा लिएका छन् ।

देशभरका स्थानीय तहले सडकलाई प्राथमिकता दिएपनि मधुवनले भने स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । गाउँ गाउँमा स्वास्थ्यको पहुँच पु¥याउने नगरपालिकाले आफ्नो उद्देश्य बनाएको छ । उपचारका लागि धाउनुपर्ने बाध्यता अन्त्य भएकोमा स्थानीय खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV