३० आश्विन २०७५, मंगलवार

काठमाडौं, ३० असोज । बैंक तथा वित्तीय संस्थामा पछिल्लो समय व्याजदर घट्ने संकेत देखिएको छैन् । बैंकको व्याजदर दोहोरो अंक भन्दा तल झर्न नसक्दा उद्योगी व्यवसायीहरु मारमा परेका छन् । वित्तीय प्रणालीमा अत्याधिक नगद मौज्दात रहेपनि बैंकहरुले नाफा उच्च गर्न व्याजदर घटाउन नचाहेको व्यवसायीहरुको गुनासो छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदरमा एकरुपता कायम गर्न व्याजदर कोरिडोरको व्यवस्था गरेको छ । तर बैंकहरुले व्याजदर कारिडोर भित्र रहेर काम गरेका छैनन् । अधिकांश बैंकहरुको निक्षेप र कर्जाको व्याजदरको फरक पनि तोकिएभन्दा माथि छ । वित्तीय प्रणालीमा प्रयाप्त तरलता हुँदा समेत बैंकहरुले व्याजदर घटाउन सकेका छैनन् ।

वाणिज्य बैंकहरुले आठ अर्ब चुक्ता पूँजी पु¥याउन हकप्रद, बोनस लगायतका उपकरण प्रयोग गरे । त्यस पछि बढेको पूँजीमा नाफा उच्च देखाउन बैंकहरुले आक्रामक लगानी गर्दा व्याजदर बढन पुगेको हो । अहिले पनि दोहोरो अंकको व्याजदर कायम छ । बैंकर्श एसोसिएसन अफ नेपालले भने बैंकहरु नाफा बढाउन लागेको भन्दा पनि लगानी योग्य रकमको अभावका कारण व्याजदर बढाउन बाध्य भएको बताउँदै आएको छ । चालु आर्थिक वर्ष शुरु भएदेखि नै प्रयाप्त तरलता छ ।

तरपनि बैंकहरु व्याजदर घटाउन चाहदैनन् । व्याजदर उच्च कायम गर्दा बैंकहरुलाई तत्काल फाइदा भएपनि उद्योगहरुलाई समस्यामा पारेको हुन्छ । ब्याजदर उच्च हुँदा उद्योगहरुको लागत बढछ भने यसले बजारमा मूल्य बृद्धि गराउँछ । जसले गर्दा मुलुकको अर्थतन्त्रमा नै समस्या ल्याउन सक्छ । व्यवसायीहरु भने बैंकहरुले जसरी पनि कमाउन पर्छ भन्ने प्रकारको अस्वस्थ प्रतिस्प्रधामा उत्रिएकाले समस्या देखिएकोे बताउँछन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवस्यक नियमन गर्न नसकेको आरोप पनि व्यवसायीहरु लगाउँछन् । कमजोर नियमनको फाइदा उठाउँदै बैंकहरुले आफुखुशि व्याजदर कायम गर्ने, स्प्रेड दर उच्च राख्ने र आक्रामक लगानी गर्ने गरेका छन् । यस्तो प्रवृतिमाथि अनुगमन गर्न राष्ट्र बैंकले ध्यान दिन जरुरी छ । होइन भने मुलुकको अर्थतन्त्रमा गम्भीर धक्का लाग्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV