३० आश्विन २०७५, मंगलवार

कैलाली । कैलालीको चिसापानी नजिक कर्णाली नदीमा डुङ्गा पल्टिदा दुई जना बेपत्ता भएका छन् । चिसापानीस्थित कर्णाली पुलबाट उत्तर पर्ने मोहन्याल गाउँपालिकाको पित्मारी भन्ने ठाउँमा सोमबार बेलकुका डुङ्गा पल्टिएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

बेपत्ता रहनेमा कैलालीको जोशीपुर गाउँपालिका–२, का २३ वर्षीय पुरुषोत्तम चौधरी र बलबहादुर बडैला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । चिसापानी आउँदै गरेको डुङ्गामा चालकसहित पाँच जना सवार रहेका थिए ।समाचार नयाँ पत्रिकाले लेखेको छ ।

डुङ्गामा सवार तीन जना पौडेर बाँच्न सफल भएका छन् । प्रहरी र स्थानीयको टोलीले बेपत्ता भएकाहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV