३० आश्विन २०७५, मंगलवार

म्यानमार । म्यानमारको राजधानी नेपितमा सोमबार त्रिपक्षीय शान्ति वार्ता सुरु भएको छ । म्यानमारको सरकार, सेना र युद्ध विराम गरेको विद्रोही समूहकाबीचमा वार्ता सुरु भएको अधिकारीहरुले जनाएका छन् ।

वार्ता निरन्तर भएमा तार्किक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

चार दिने वार्ताले विभिन्न चरणका छलफलहरूका आधारमा राजनीतिक रूपमा निकास दिने र मुलुक शान्ति प्रक्रियामा आउने अधिकारीहरूको विश्वास छ ।

वार्तामा म्यानमार सरकारकी परामर्शदाता आङ्साङ सुकी, प्रधान सेनापति सेन गेन मिन औङ हलाङ र विद्रोहीको तर्फबाट कायिन नेशनल युनियनका प्रमुख साव मुटु साए पोए सहभागी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV