३० आश्विन २०७५, मंगलवार

काठमाडौँ । काठमाडौंलाई तराईसँग जोड्ने द्रुतमार्गका पुल निर्माण गर्न छ वटा कम्पनी प्रारम्भिक छनोट (सर्टलिस्ट)मा परेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले द्रुतमार्ग अन्र्तगत पर्ने ‘हाई ब्रिज’ निर्माणका चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड (चीन), हुनान रोड एण्ड ब्रिज कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड (चीन), चाइना रेल्वे २० ब्युरो ग्रुप कर्पाेरेशन (चीन), चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड र चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ कम्पनी लिमिटेड (जेभी), लोङजियान रोड एण्ड ब्रिज कम्पनी लिमिटेड (चीन) र डोगुस इन्स्याट भे टिक्रेट ए. एस. जेभी (टर्की) प्रारम्भिक छनोटमा परेका छन् ।

छनोटमा परेका ६ मध्ये पाँच वटा कम्पनी चिनियाँ छन भने एउटा टर्किस कम्पनी छ ।पुल निर्माणका लागि सेनाले आव्हान गरेको ‘ग्लोबल टेण्डर’मा १५ वटा कम्पनीले आवेदन भरेका थिए । त्यसमध्ये ६ वटा प्रारम्भिक छनोटमा परेको प्रवक्ता भण्डारीले जानकारी दिए। आयोजनाको डीपीआर तयार भएपछि आवश्यकताका आधारमा निर्माण कम्पनी छनोट गरिने जानकारी उनले दिए। ,खवर गाेरखापत्र दैनिकले लेखेकाे छ ।

सेनाले आयोजनाको डीपीआर तयार गर्न दक्षिण कोरियाली कम्पनी सुसुङलाई छनोट गरिसकेको छ । कम्पनीले चार महिनाभित्र आयोजनाको डिपीआर निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV