३० आश्विन २०७५, मंगलवार

काठमाडौं । दशैंको बिदामा पनि सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकामा सर्वसाधारण यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकाले सर्वसाधारणको आवतजावतमा सुविधा हाेस् भनी चारवटा रुटमा नि:शुल्क बस सञ्चालनमा ल्याइने सशस्त्र प्रहरी बलले जनाएकाे छ ।

फाइल तस्वीर

नि:शुल्क बस एउटा रुटमा कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सूर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ ।  अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारी हुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्ने जनाइएकाे छ ।

यसैगरी चेस्राे रुटमा स्वयम्भु हल्चोकबाट छुटेर कलंकी हुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चाबहिल, सामाखुशी, बालाजु हुँदै चक्रपथ परिक्रमा गर्ने र चाैथाे बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजु हुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्ने सशस्त्र प्रहरीले जनाएकाे छ ।

साे रुटमा चल्ने नि:शुल्क बस सेवा काठमाडौं उपत्यकाभित्र बडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV