२९ आश्विन २०७५, सोमबार

काठमाडौं । अष्ट्रेलियन पालसोनिक कम्पनिको नेपालका लागि आधिकारीक विक्रेता एजिआर उद्योग प्रालीले पालसोनिक एलइडी टिभी नेपाली बजारमा ल्याएको छ । कम्पनीले प्रविधिमैत्री उच्च गुणस्तरीय टिभी बजारमा ल्याएको जनाएको छ ।

एजिआर इन्डष्ट्रिज प्रालीले अकस्ट्रेलियन कम्पनीको पालसोनिक ब्राण्डको टिभी नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । नेपालको प्रतिस्प्रधि बजारमा बजारमा भर्खरै सार्वजनिक गरेको यो टिभी खरिदमा एक वर्ष सम्म टिभी बीमा सेवा निशुल्क गर्ने व्यवस्था गरेको छ ।

कम्पनीले पालसोनिक टिभी निम्न आय देखि उच्च आय भएका गा्रहकहरुलाई केन्द्रित गरी एन सेरिस, एस सेरिस र एक्स सेरिसमा विभाजित गरी बजारमा ल्याएको छ । टिभीमा तहअनुरुप छुट्टाछुट्टै विशेषताहरु पाइने छ । अष्टे«ृलियन प्रविधिमा तयार पारिएको टिभीको बजार मूल्य १४ हजार देखि एकलाख ५० हजार सम्म पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV