२९ आश्विन २०७५, सोमबार

काठमाडौं । इजी लिंक रेमिट्यान्स कम्पनीले कर्णालीको कालिकोटमा निर्माण हुँदै गरेको अस्पताललाई सहयोग गर्ने उद्देश्यले न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासंगका प्रस्तोता रवि लामिछानेलाई ब्राण्ड एम्बास्डरमा चयन गरेको छ ।

आइतबार इजीलिंक रेमिट्यान्स द्धारा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले कालिकोट स्थीत निर्भाणाधिन राजकोट अस्पतालाई आर्थिक सहयोग गर्ने अभियान सुरु गरेको छ । यसका लागि न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासंगका प्रस्तोता रवि लामिछानेलाई ब्राण्ड एम्बास्डरका रुपमा घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट सबैभन्दा पहिला इजाजत पाएको रेमिट्यान्स कम्पनी इजीलिंकले सामाजिक उत्तरदायित्व कायम गर्न अस्पताललाई सहयोग रकम जुटाउन यो अभियान थालेको रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपि अर्यालले बताउनुभयो ।

इजी लिंकले सिधाकुरा जनतासंगको कार्यक्रमले राजनीतिक सामाजिक र आर्थिक क्षेत्रमा व्याप्त विक्रीति विसंगति विरुद्ध पत्रकारीता मार्फत आवाज उठाएका कारण लामिछानेलाई ब्राण्ड एम्बास्डरमा छनोट गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV