२९ आश्विन २०७५, सोमबार

इनरुवा । सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल प्रतियोगिताको फाइनलमा गोधुली फुटबल क्लब धरान र डाँगिहाट फुटबल क्लब बेलबारी भिड्दै छन् ।

फाइनल खेल प्रकाशपुर माविको खेल मैदानमा भोलि दिउँसो ३ बजेपछि हुने छ ।

प्रतियोगिताको बिजेताले नगद एक लाख सहित ट्रफि हात पार्ने छ । उपबिजेता हुने टिमले नगद ५० हजार प्राप्त गर्ने नेबिल ओभरसिज प्रालिकी प्रोपाइटर राधिका कटवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV