२९ आश्विन २०७५, सोमबार

विराटनगर । विराटनगर वडा नं. ३ शंकरपुरका प्रवित राजवंशी मिस्टर मोरङ घोषित भएका छन् । आइतवार विराटनगरमा आयोजित बडि बिल्डिङ प्रतियोगितामा २८ जनालाई पछि पार्दै राजवंशीले प्रथम भएर ५१ हजार नगद सहित ट्रफी जितेका छन् ।

मोरङ जिल्ला बडी बिल्डिङ एण्ड फिट्नेश एसोशिएसनले आयोजना गरेको सो प्रतियोगिता विराटनगर मधुमाराका रविन तामाङ दोश्रो भएर ३१ हजार जितेका छन् भने पथरीका संजीब मगर तेश्रो भएर २१ हजार नगद हात पारेका छन् ।

पछिल्लो समय युवाहरु दुव्र्यसन प्रति आकर्षित भईरहेको बेला युवाहरुलाई खेलको माध्यमबाट स्वस्थ रहन जागरुक गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विजेताहरुलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगद र प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV