२९ आश्विन २०७५, सोमबार

काठमाडाैँ । नेपालीहरूकाे मुख्य चाड दशैँ मनाउनका लागि यात्रुहरू संघीय राजधानी काठमाडाैँ उपत्यका छाडेर बाहिरिने क्रम जारी छ ।

बिहानैदेखि बसपार्क र टिकट काउन्टरहरूमा यात्रुहरूकाे दिनहुँ भीड लाग्ने गरे पनि सबैले यात्रुवाहक बसमा टिकट तथा सिट पाउन सकिरहेका छैनन् । यात्रुवाहक सवारीमा सिट नपाएपछि यात्रुहरू मालवाहक ट्रक तथा जिपकाे जाेखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा अनुसार आइतबार साँझसम्म काठमाडाैँका मुख्य नाकाहरूबाट करिव २३ लाख सर्वसाधारण यात्रु गाउँघर जान बाहिरिएका छन् ।

यात्रु तथा सवारीकाे बढ्दाे चापले सडक तथा राजमार्गमा सवारी जाम हुनुका साथै दुर्घटना पनि बढिरहेका छन् । अाज साेमबार बिहानै मात्र काभ्रेमा सवारी दुर्घटना हुँदा अन्य यात्रुहरू घण्टाैँ जाममा बस्नुपरेकाे छ । चालककाे लापरवाहीका कारण बिपी राजमार्गमा झण्डै तीन किलाेमिटरसम्म सवारी जाम रहेकाे प्रहरीले जनाएकाे छ ।

यसै क्रममा न्युज २४ कर्मी सचेत घिसिङले केही स्थलगत तस्वीरमा यात्रुकाे विवशता कैद गरेका छन् । साँगा नाका हुँदै दोलखा र रामेछापलगायतका जिल्लातर्फ दशैँ मनाउनका लागि जोखिम मोलेर ट्रकमा घर जाँदै गरेका सर्वसाधारण हेर्नुस् तस्वीरमा-

Image may contain: bus and outdoor

प्रतिक्रिया दिनुहोस्

LIVE TV