२९ आश्विन २०७५, सोमबार
  • विनय तिम्सिना,

इलाम, २९ असोज । इलाममा दशैँ तिहारको चलपल बढेसँगै पर्यटकहरु पनि आउन थालेका छन् । इलामको प्रवेशद्वार जोरकलसमा इलाम आउने पर्यटकको अभिलेख राखिने गरेको छ । यो समय इलामको मौसम खुलेको छ । इलाममा भएका चियाबगान हरियो गलैँचा झैँ देखिन थालेको । डाँडाकाँडा हरियाली र हिमाल हेर्नको लागि पनि पर्यटकहरु इलाम आउने गरेका छन् ।

इलाममा बाह्य पर्यटक भन्दा पनि नआन्तरीक  पर्यटकहरु धेरै भित्रने गरेका छन् । पर्यटन सूचना केन्द्रका सुचना अधिकारी गगन घिमिरेका अनुसार यो वर्ष पहिलेको भन्दा यो सिजनमा थोरै मात्र पर्यटक भित्रिएका छन् तर अव सिजन सुरुभएकाले इलाम भित्रने पर्यटको संख्यामा बृद्धि हुने उनि बताउँछन् ।

इलाम जानको लागि पहाडको बाटो घुमउरो घुम्तीहरु भएको मनोरम दृष्य अवलोका गर्दै जान सकिने भए पनि सवारी साथनमा आफ्नै लिएर आउने पर्यटकहरु रुडपर्मिड नबनाई आउने गरेको र सवारी क्षमता भन्दा धेरै यात्रु बोकेर आउने गरेको पनि पाईएको र उनिहरुलाई समस्या हुने गरेको जोरकलस यात्रु सायता कक्षामा रहेका प्रहरी जवान पुरुषोत्तम शर्मा बताउँछन् ।

इलाममा यतिवेला घुम्न आउनेको भिडभाड देखिन थालेको छ । इलामका पर्यटकीय स्थलहरु कन्याम, श्रीअन्तु, भालुढुङ्गा, माइपोखरी, पानीटार, गजुरमुखी, सन्दकपुर लागायतका क्षेत्र घुम्नका लागि पर्यटकहरु इलाम आउने गरेका छन् ।

बर्षादको समयमा पर्यटकको चाप घट्ने गरे पनि अव मौसम खुले सँगै इलामका पर्यटकिय स्थतलहरुमा पर्यटकहरुको भिडभाड देखिन थालेको हो ।

विराटनगरबाट इलाम घुम्न आएका आन्तरिक पर्यटक विशाल गौदल वताउँछन् इलामको चिसो मौसम खुलेको आकाश र वरिपरी चियाबगानले गर्दा हेर्न राम्रो छ । खान बस्नको पनि राम्रो सुविधा भएकाले इलाम घुम्न आउँदा धेरै खुसीलाग्छ । मानिसले एक पटक इलाम घुम्नुपर्छ ।

यसरी अहिले इलामको मौसम खुले सँगै आन्तरिक तथा बाह्य पर्यटकहरु वढेका छन् । सरोकारवाला निकायबाट समयमै ध्यान पु¥याएर पर्यटन पूर्वाधारहरुको निमार्ण गरी अझ इलामलाई सुन्दर बनाउँन सके इलाममा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुमा बृद्धि हुने थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV