२९ आश्विन २०७५, सोमबार

काठमाडौं । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच अाजबाट सर्वसाधारणले हेर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने भएका छन्।

साेमबार बिहान प्रधानमन्त्री ओलीले नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गरेपछि सर्बसाधारणको लागि पनि अवलोकन गर्न खुल्ला गरिने भएको हो ।श्रीपेचका साथमा तत्कालीन रानीको मुकुट (टायरा), तरबार, राजदण्ड, झारी, चमरलगायत सामग्री पनि प्रदर्शनीमा ल्याइने भएको छ।

दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सातवटा तहमा राखिने भएको छ।

सरकारले गत आर्थिक वर्ष २०६८र६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन।

प्रतिक्रिया दिनुहोस्

LIVE TV