२८ आश्विन २०७५, आईतवार

काठमाडौँ । चाडवाड सुरु भएसंगै सरकारले बजार अनुगमनलाई तिव्रता दिएपनि बजारमा मूल्य बृद्धि रोकिएको छैन् । सरकारले नियमित रुपमा बजारको अनुगमन गर्दै आएको छ । तर अनुगमनमा दोषी देखिएका र अनुगमन टोलीले सिफारीस गरेकाहरुमाथी कारबाही हुन नसक्दा बजारमा मूल्य बृद्धि भइराखेको छ ।

सरकारले दशैं तिहार र छठपर्वका वेलामा बजारमा कालोबजारी हुन सक्ने भन्दै अनुगमनलाई तिव्रता दिएपनि प्रभावकारी अनुगमन भएको छैन् । अनुगमनबाट कारबाहीका लागि सिफरीस गरिएकाहरुलाई समेत कुनै कारबाही हुन्दैन् । कारबाही भए नभएको सर्वसाधारणले जानकारी पउनु त त्यस्तै हो स्वयं अनुगमन गर्ने निकायलाई समेत यस विषयमा जानकारी हुँदैन् ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमितरुपमा बजार अनुगमन गर्दै आएको छ । विभागले व्यापारीहरुले कानुन बमोजिम मूल्य सुचि नहुने, गुणस्तर कायम नगर्ने तथा म्याद गुज्रिएका सामान समेत एकै ठाउँमा राखेर विक्री गर्ने गरेकाले कारबाहीका लागि सिफारीस गरिदै आएको बताएको छ ।बजार अनुगमनले कालोबजारी, मूल्य बृद्धि तथा गुणस्तरका विषयमा नियमन गर्छ । तर अनुगमनका क्रममा कारबाहीका लागि सिफारीस गरिएकालाई भने खासै कारबाही भएके देखिदैन् । कारबाहीका लागि सिफरीस गर्ने विभाग आफैले पनि यस्ता व्यापारीलाई कारबाही भएनभएको जानकारी नहुनुले बजार अनुगमन प्रति प्रश्न उब्जिएको छ ।

बजार अनुगमन भएपछि कारबाही भए नभएको आफैलाई समयमै थाहा हँुदैन भने अनुगमनको कुनै अर्थ छैन् । त्यसैले सरकारले बजार अनुगमनबाट कारबाहीका लागि सिफरीस गर्ने काम मात्र नगरेर कानुन बमोजिम गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV