२८ आश्विन २०७५, आईतवार

काठमाडौँ । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट बोनस तथा नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् । वित्तीय बजारमा घोषणा भएका कम्पनीहरुको लाभांशका कारण पूँजी बाजर प्रभावित भएको छ ।

नेपाल क्लियरिङ्ग हाउसले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । शुक्रबार सम्पन्न भएको कम्पनीको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरण पछि २१ करोड ६० लाख रुपैयाँ पुग्ने छ । यो कम्पनीमा १० प्रतिशत नेपाल राष्ट्र बैंकको, ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको र १० प्रतिशत स्मार्ट च्वाइस टेक्नोलोजिको शेयर स्वामित्व रहेको छ ।

नेपाल क्लियरिङले ४० प्रतिशत लाभांश वितरण गर्ने
२० प्रतिशत बोनस शेयर
२० प्रतिशत नगद लाभांश
चुक्ता पूँजी २१ करोड ६० लाख रुपैयाँ पुग्ने
राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र स्मार्ट च्वाइसको शेयर स्वामित्व

सेन्ट्रल फाइनान्स

सेन्ट्रल फाइनान्सले लाभांश प्रस्ताव गरेको बोनस शेयर जारी गर्न बुक क्लोज गर्ने भएको छ । कम्पनी संचालक समितिको बैठकबाट लाभांशका लागि कार्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ७० लाख १३ हजार ३ सय ५० मा ६ करोड ६३ लाख ८४ हजार ५ सय ९ रुपैयाँको बोनस शेयर जारी गर्न बुक क्लोज गर्न लागेको हो ।

सेन्ट्रल फाइनान्सले बोनस जारीगर्न एक दिन बुक क्लोज गर्ने
कात्तिक १४ गते बुुक क्लोज हुने
७५ करोड ७० लाख १३ हजार ३५० रुपैयाँ चुक्ता पूँजी
६ करोड ६३ ला ८४ हजार ५०९ रुपैयाँ बोनस शेयर

आरएसडिसी लघुवित्त
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । कम्पनी संचालक समितले १० प्रतिशत बोनश र शुन्य दशमलव पाँच तीन प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संचालक समितिको प्रस्तवमा नेपाल राष्ट्र बैंकको स्वीकृती लिन भने बाँकी छ । ५७ करोड ५९ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनको बोनस पश्चात ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।
आरएसडिसी लुघुवित्तको बोनस शेयर
१० प्रतिशत बोनस शेयर दिने
०.५३ प्रतिशत नगद लाभांश
५७ करोड ५९ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी
बोनस पछि ६३ करोड ३५ लाख १२ हजार पूँजी पुग्ने

प्रतिक्रिया दिनुहोस्

LIVE TV