२८ आश्विन २०७५, आईतवार

काठमडौँ । फरक फरक चलन र त्यससँग जोडिएका अन्धविश्वासले विश्वलाई अनौठो लाग्ने गर्दछ । यस्तै रितिरिवाज मध्येको एक हो–बच्चा फ्याक्ने परम्परा । पत्याउनुभएन, यो हेर्नुहोस् ।

भारतको महाराष्ट्र राज्य, सोलापूरको गाउँमा बालकलाई मस्जिद माथिबाट फ्याक्ने अनौठो परम्परा देख्न पाइन्छ । यो अजिव परम्परा करिव ५ सय वर्ष अघिदेखि चल्दै आएको छ । हेर्दै डरलाग्दो र मुटु काप्ने यो प्रचलनमा नवजात शिशुलाई करिव ५० फिट माथिबाट तल फाल्ने गिरन्छ । र, तल भूइँमा मानिस बच्चालाई सुरक्षित साथ तन्नामा थाप्न कुरेर बसेका हुन्छन् ।

यसो गर्दा बच्चाको सौभाग्य बढ्नुका साथै आयु लामो हुने विश्वास गरिन्छ । साथै बालक स्वस्थ रुपमा हुर्किने समेत अन्धविश्वास कायम छ । माथिबाट खसालेको बालकलाई तन्नामा थापेर बच्चाको आमालाई थमाउने गरिन्छ । बच्बा फाल्ने यो प्रचलन सीमित क्षेत्रमा मात्र रहे पनि यसले विवाद श्रृजना गरेको छ । के तपाई यस्तो संस्कृतिको निरन्तरताका लागि सहमत हुनुहुन्छ ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV