२८ आश्विन २०७५, आईतवार
  • दानबहादुर बुढा

मुगु । मुलुक संघीय संरचनामा गएपछि कर्मचारी व्यवस्थापनमै धौ–धौ भइरहेका बेला उनीहरुलाई तलव दिन झनै मुस्किल परेको छ । दसैंका बेलासमेत तलव नपाएपछि मुगुका कर्मचारी खिन्न छन् ।

जिल्ला कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी यि हरिचन्द्र खड्काले जागिर खाएको ३५ बर्ष भयो । तर, कुनै पनि बर्ष दसैं खर्च नपाएको ‘रेकर्ड’ थिएन । यसपाली तलब नपाउँदा ऋण काढेर दसैं मनाउने तरखरमा छन् खड्का । कार्यालयले समयमै तलब नदिँदा दसैं कसरी टार्ने भन्ने चिन्तामा छन् यिनी ।

दसैंका बेला तलब नपाउने दर्जनौं कर्मचारी छन् मुगुमा । किन पाइएन भन्नेबारेमा स्पष्ट जानकारी पनि छैन उनीहरुमा । मुलुक संघीय संरचनामा गएपछि के–के न होला भन्ने ठानेका कर्मचारी तलब नै नपाएपछि चिन्तित छन् । सरकारले दसैंका बेलासमेत तलब खुवाउन सक्दैन भने संघीयताको के अर्थ ? उनीहरुको स्वभाविक प्रश्न छ ।

दसैंमा मिठो–मसिनो खाने, राम्रो लगाउने सपना साचेका कर्मचारीको परिवारमा निराशा थपिएको छ । राज्य पुनर्संरचनाको अभ्यासमा लागेको सरकारले कर्मचारीको प्रबन्ध गर्न नसक्नु र भएकालाई पनि तलब दिन नसक्नुले नकारात्मक सन्देश गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV