२८ आश्विन २०७५, आईतवार

काडमडौँ । हिमआँधीमा परी ज्यान गुमाएका दक्षिण कोरियाली नागरिकसहितको नेपालीको शव करिव पाँच दिनपछि म्याग्दीको गुर्जा हिमाल आधार शिविरबाट निकालेर काठमाडौं ल्याइएको छ ।

धवलागिरी गाउँपालिक–१ मा अवस्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँच कोरियाली र उनीहरुका चार नेपाली सहयोगीसहित ९ जनाको शव आज आधार शिविरको अनकन्टार भीरबाट निकालेर काठमाडौं ल्याइएको हो । गाईड नेत्रबहादुर छन्त्यालको शव जिल्ला अस्पताल बेनीमा पोष्टमार्टमपछि हेलिकोप्टरमार्फत गुर्जा नै पु¥याइएको छ । बुधबार रातिबाट सम्पर्कविहीन भएका उनीहरु शुक्रबार साँझ मृत भेटिएका थिए ।

आधार शिविरमा टेन्टसहित उडाएर जंगलसम्म पुगेका शव संकलन गर्न हम्मेहम्मे परेको थियो । सरकारले पहिलोपटक गुर्जा हिमाल आरोहण खुला गरेपछि नेपालका दर्जनौ हिमाल आरोहणको अनुभव बटुलेका किम चङ होको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको दुई दिनमै हिमआँधीमा परेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV