२८ आश्विन २०७५, आईतवार
  • दीपक भट्ट

रामेछाप । बिगत वर्षहरुमा जस्तै यसवर्ष पनि तोकिएको भन्दा वढी भाडादर असुल्ने माइक्रोवसलाई जिल्ला ट्राफिक कार्यालयले नियन्त्रणमा लिई कारवाही गरेको छ ।

आइतवार दशैंका लागि काठमाण्डौंवाट घर फर्कदै गरेका यात्रुहरुलाई लिएर दोलखाको मालुखोला तर्फ जार्दै गरेको वा १ ज ७२७९ नम्वरको सुपरसिटी यातायातको माइक्रोवस मन्थली ट्राफिकले चेकजाँच गर्दा उक्त यातायातले प्रति व्यक्ति ७ सय ५० रुपैयाँको ठाउँमा १ हजार ५ सय रुपैयाँ भाडा असुलेको फेला पारेको मन्थली ट्राफिक कार्यालयका प्रहरी माधव पोखरेलले जानकारी दिए ।

उनका अनुसार गाडी चेकजाँचको क्रममा यात्रीहरुसँग सोधपुछ गर्दा यात्रीहरुले प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ तिरेर आएको जानकारीको आधारमा उक्त माइक्रोवसलाई नियन्त्रणमा लिएर ट्राफिक नियम अनुसार १ हजार ५ सय रुपैयाँ असुल गरिएको हो । सो क्रममा प्रहरीले सबै यात्रीहरुले तिरेको डबल भाडा फिर्ता गराउनुको साथै आइन्दा घटना नदोहोरियाउने र दोहोरियाएको पाए पुनः सवारी ऐन अनुसार कारवाही गर्ने शर्तमा उक्त माइक्रोलाई छाडिएको जिल्ला ट्राफिक कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV