२८ आश्विन २०७५, आईतवार

काठमाडाैँ । अाठ वर्षीया बालिका बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका धनुषाको औरही–२ परवाहामा विनोद मुखिया र नधुनी पण्डितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

मेला हेर्न आएकी बालिका मुनीकालाई चाउचाउ र १० रुपैयाँ दिएर मदिरा पिएका नातामा काका पर्ने उनीहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारकै क्रममा मृत्यु भएपछि मुखिया र पण्डितले बालिकाको शव धान खेतमा गाढेका थिए । आरोपित दुवैले अभियोग स्वीकारेका छन् ।

घरनजिकै दुर्गा पूजाको मेला हेर्न गएकी बालिका मुनिका शुक्रबार साँझ हराएकी थिइन् । खोजी गर्दा औरही–२ का रामआशिष साहको धान खेतमा शनिबार उनको शव भेटिएको थियो । पक्राउ परेका दुवै जना बालिकाको छिमेकी हुन् । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा खारेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV