२८ आश्विन २०७५, आईतवार

काठमाडौं । मित्र राष्ट्र ब्रुनाईमा संचालन हुने एसिया रग्वी उमेन्स सेभेन्स ट्रफ्रिमा सहभागि हुन जाने महिला टोलीलाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङले बिदाई गरेका छन् ।

 आगामी अक्टोवर २० र २१ मा सहभागि हुन जाने खेलाडीमा कप्तान एलिसा थापा, उप कप्तान सृजना राई, पञ्चमाया श्रेष्ठ, सुनिता तामाङ्ग, सविना महर्जन, सावित्री पुर्जा, सविता लुइटेल, सुजिना गुरुङ्ग, सोनिका तामाङ्ग, नानी तामाङ्ग, अमृता किरात राई र मनिषा थापा मगर रहेका छन् । त्यस्तै ब्यवस्थापकका रुपमा विनोद तामाङ्ग, प्रशिक्षकमा राधिका हेट्टियाच्ची र फिजियोमा बिनु खड्का पनि त्यसतर्फ जानू हुनेछ ।

नेपाली टोली १८ तारिखमा बुनाई प्रस्थान गर्ने छ । एसियन १० राष्ट्र नेपाल,भारत, पाकिस्तान, इण्डोनेसिया, फिलिपिन्स, ग्वाम, मलेसिया, लाओस, उज्वेकिस्तान र बुरनाईले सहभागिता जनाउने छन् । प्रतियोगितामा नेपालको अक्टुवर २० मा पाकिस्तान र भारतसंग खेल्ने छ । नेपाली खेलकुद क्षेत्रमा नेपाल रग्वी संघले विभिन्न काल खण्डमा विभिन्न किसिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु गर्दै तथा भाग लिई आईरहेको जानकारी गराउन पाउदा यस संघ गैरबन्धित महसुस गर्दछ ।

नेपाल रग्वी संघले विगत देखी विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाई सकेको कुरा जानकारी गराउदछौ विगत ४ वर्ष देखी नेपाल रग्वी राष्ट्रिय पुरुष टिमले ओलम्पीक क्वालीफाई लगायत ३ पटक एसियन प्रतियोगितामा सहभागिता जनाई सकेको छ र नेपाल रग्वी महिला टिमले पनि विगत देखी नै एसियन प्रतियोगितामा सहभागिता जनाई सकेको छ २०१६ मा भारतको चेन्नाई तथा २०१७ मा लाओसमा सहभागीता जनाई राम्रो प्रदर्शन गरेको अध्यक्ष घिसिङले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV