२८ आश्विन २०७५, आईतवार
  • लोकेन्द्र खनाल

रुकुम । रुकुम (पश्चिम)मा यसवर्षको दशैं तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । नेपाल खाद्य संस्थान रुकुम शाखामा झण्डै चार सय क्वीन्टल चामल मौज्दात रहेकोले खाद्य अभाव नहुने भएको हो ।

दशैं तिहार लगायत यस वर्षलाई पुग्ने गरी गत आर्थिक वर्षको ३ सय ९३ क्वीन्टल सोना मंसुली चामल खाद्य संस्थानमा रहेको निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ५० क्वीन्टल नयाँ चामल अझै थप हुने भएकोले दशैं र तिहार लगायत अन्य चाडपर्वको समयमा जिल्लामा खाद्य अभाव नहुने भएको हो ।

जिल्ला खाद्य संस्थान सल्लेमा हाल सात–आठ क्वीन्टल चामल साता दिनमा विक्रि हुने गरेको जानकारी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV