२८ आश्विन २०७५, आईतवार
  • रिदम सिंह

बझाङ । अरिङ्गाले चिल्दा एक ३ वर्षीय बालककाे मृत्यु भएको छ ।  अारिङ्गालकाे चिलाइबाट केदारस्यु गाउँपालिका वडा नम्बर २ कोटिगाँउ बस्ने रणबहादुर विष्टका ३ वर्षे छोरा कुमार विष्टको मृत्यु भएको हाे ।

फाइल तस्वीर

अरिङ्गालको टोकाइबाट सोही गाँउका अन्य ३ जना बालक घाइते भएका छन् । घाइते हुनेमा ५ वर्षीया अमित विष्ट, ४ वर्षीया बालक भरत विष्ट र ७ वर्षीया रूपा विष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते बालक सबैको प्रथामिक स्वास्थ्यचौकी, देउरामा उपचार भैरहेको छ । मृतक बालकको भने दाहसंस्कार भैसकेको छ ।

घरनजिकै रहेको टुँडीको रूखमा अरिङ्गालको गोलो रहेको र बालबालिकाले खेल्ने क्रममा साे गोलामा ढुङ्गा हानेपछि अरिङ्गालहरु ती बालकहरुमाथि खनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV