२८ आश्विन २०७५, आईतवार

केशवराज पौडेल

काभ्रे । काभ्रेको मुख्य बजार बनेपाको चारदोवाटोमा खसीबोकाको कारोवारहुँदा व्यापारी र उपभोक्ता दुर्घटनाको उच्च जोखिममा परेका छन् । काठमाण्डौंवाट नजिकै भएपनि काभ्रेको बजारमा काठमाण्डौमा भन्दा सरल मूल्यमा खसीबोका,कुखुरा र राँगा पाईनेहुँदा त्यसमा ग्राहकको आकर्षण बढ्ने गरेको छ । तर मासुजन्य पशुपंक्षीको बिक्रीको लागि सरकारले छुट्टै व्यवस्था गर्न नसक्दा समस्या बढेको हो ।

 एकातिर दुर्घटनाको डर अर्काेतिर किनबेचको बैज्ञानिक पद्धति कायम हुन नसक्दा समस्या बढेको छ । सडकमै लाखौं रुपैयाको खसीबोकाको किनबेच हुँदा उपभोक्ता तथा व्यापारीहरुमा लुटिने र चोरिने डर समेत त्यत्तिकै बढ्ने गरेको छ । काभ्रेवाट बर्षैनी करोडौं रुपैयाको खसी बोका र राँगाहरु दशैंमा बिक्री हुने गरेको छ । फेन्सी व्यापारमा व्यवस्थित रुपमा पसल सञ्चालन हुने भएपनि खसी बोकाको व्यापारले झनै समस्याग्रस्त पारेको व्यापारी बताउछन् । छिमेकी जिल्लाहरु रामेछाप, सिन्धुपाल्चोक, सिन्धुलीवाट हजारौको संख्यामा खसीबोका, राँगा र भैसी संकलन गरेर काभ्रेमा ल्याएर बिक्री हुने गरेको छ ।

परापूर्वकालदेखि काभ्रेमा ल्याएर चीनको भेडा, च्यांग्रा समेत बिक्री हुने गरेपनि सरकारले काभ्रेमा भने कुनै पनि बिक्री वितरण केन्द्र खोल्न सकेको छैन । सरकारले बिक्री केन्द्र बनेपामा छ भन्दै आएपनि वास्तवमा व्यापारीहरुले सडकमै व्यापार गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV