२८ आश्विन २०७५, आईतवार
  • रिदम सिंह

बझाङ । तोकीएको दरको दोब्बर भन्दा बढी भाडा लिन्छन् जीप व्यावसायी भन्ने समाचार न्युज २४ अनलाईनमा प्रकाशित भएपछी बझाङको खप्तड छान्ना गाँउपालीकाले भाडा दर घटाई कार्यान्वयन गरेको छ ।

आईतबार जीप व्यावसायीहरु संग गाँउकार्यपालीकाले समन्वय तथा छलफल गरेपछी भाडा दर घटाएको हो । अब यहाँका स्थानीय बासिन्दाहरु तोकीएकै दरमा भाडा तिर्नु पर्ने गाँउपालीकाका अध्यक्ष बर्क बहादुर रोकायाले बताएका छन् । तमैल देखी कालुखेती सम्मको भाडा दर यस अघि जीप व्यावसायीहरुले ४०० देखी ५०० समय सम्म मनोमानी ढंगले लिने गरेका भए पनी उक्त भाडा दर घटाएर १४० बनाईएको छ । यस्तै खप्तड छान्न गाँउपालीकामा चल्ने गडराय रुट, लम्तडा रुट र पौवागडी रुटमा भाडा दर घटाईएको खप्तड छान्ना गाँउपालीकाका अध्यक्ष रोकायाले जानकारी दिएका छन् ।

महंगो भाडादरका विषयमा आफुलाई जानकारी नभएको उज्यालोमा समाचार प्रकाशति पश्चात आफुलाई जानकारी भएको र तत्कालै कार्यपालीकाको बैठेक बसि जीप धनी र जीप चालकहरु संग छलफल गरी भाडादर कार्यान्वयन गरेको अध्यक्ष रोकायाले जानकारी दिए । जीपको भाडादर घटेको खबर सुने पछी आफुहरुलाई निकै खुःसी लागेको स्थानीय बासिन्दा ऐन बहादुर रोकयाले बताएकाछन् । आफु मात्रै नभई यहाँका सर्व साधारण ब्यक्तीहरु समेत निकै खुसी भएको उनको भनाई छ । जनताका समस्याहरु बुझेर समाचार प्रकाशन गरी दिएकोमा गाँउपालीकाका अध्यक्षले धन्यबाद समेत ज्ञापन गर्नु भएको छ ।

गाँउ कार्यपालीकाको निर्णय अनुसार धाडा दर भन्दा कोही कसैले बढी भाडा लिएकोे खण्डमा गाँउपालीकामा जानकारी गर्न समेत गाँउपालीकाका अध्यक्ष बर्क बहादुर रोकायाले सबैलाई अनुरोध गरेका छन् । भाडा दर भन्दा बढी भाडा लिने मनोमानी गर्ने जीप ब्यावसायीहरुलाई गाँउकार्यपालीकाको निर्णय अनुसार जरीवाना गर्ने समेत रोकायाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV