२८ आश्विन २०७५, आईतवार

काठमाडौं । राम केसीद्धारा लिखित नाटक संग्रह ‘अश्वेत’ राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गदै सार्वजनिक गरिएको छ । दशैंको उपहार स्वरुप सार्वजनिक भएको यस अश्वेत मन्चन भइसकेका नाटहरुको संग्रह हो । कार्यक्रममा बोल्दै रङ्गकर्मी तथा पुस्तक लेखक केसीले नाटक मन्चनमा पाएको जस्तै माया र साथ यस संग्रहबाट पाउने विश्वस व्यक्त गरे ।

वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा , वरिष्ठ रङ्गकर्मी एवं नाट्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष विजय विस्फोट , आख्यानकार नीलम कार्की ’निहारिका’ , नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का कार्यकारी निर्देशक दुर्गादत्त ढकाल लगायत विभिन्न क्षेत्रका विभिन्न विशिष्टि मानुभावहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV